१९ पुष २०८० १९:१०
१९ पुष २०८० १९:१०
१९ पौष, काठमाण्डौं - नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकको क्रममा यी सम्झौता भएका हुन्। नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा आयोगको बैठक बसेको थियो। बैठकअघि नै दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो भने बाँकी तीन सम्झौता आयोगको बैठक सकिएलगत्तै भएको हो। बिहान सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई देशका सचिवबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो। ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भारतका ऊर्जा सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा सचिव गोपाल सिग्देलले सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा १० वर्षमा १०…