Naya Update

Day: १८ माघ २०८० १६:२४

श्रीमानविरुद्ध ननुहाएको आरोपमा श्रीमतीले मुद्दा हालेपछि…  

श्रीमानविरुद्ध ननुहाएको आरोपमा श्रीमतीले मुद्दा हालेपछि…  

टर्कीमा एक महिलाले आफ्नो श्रीमानविरुद्ध रोचक प्रकारको मुद्दा  हालेकी छन्। महिलाले लामो समयदेखि आफ्नो श्रीमानले ननुहाउदा जिउ गन्हाएको र दाँत नमाझ्दा स्वास ह्वास्स गन्हाएर नजिक जान अप्ठ्यारो भएको भन्दै मुद्दा दर्ता गरेकी हुन्। टर्किस सञ्चार माध्यमले ती महिलाको परिचय ए.वाई भनेर खुलाएको छ। महिलाले पति विरुद्ध लगाएको आरोपमा ननुहाउदा पसिनाले जिउ गन्हाएको, हप्तासम्म कपडा नफेर्ने तथा दाँत नमाझ्ने जस्ता व्यक्तिगत सरसफाइ नगरेको उल्लेख छ। जसकारण महिलाले श्रीमान सँग सम्बन्ध बिच्छेदको माग गरेको जनाइएको छ। पीडितको पतिले पाँच दिनसम्म पनि लुगा नफेर्ने, कयौँ दिनसम्म एउटै लुगा लगाइ रहने, विरलै नुहाउने अनि शरीरबाट जतिबेला पनि पसिनाको दुर्गन्ध आउने गरेको वादीको वकिलले अंकारास्थित…
Read More
विनोद चौधरीका भाई अरुण सिआईबीको टोलिद्वारा पक्राउ 

विनोद चौधरीका भाई अरुण सिआईबीको टोलिद्वारा पक्राउ 

उद्योगपति बिनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। बिहिवार केन्द्रिय अपराध अनुसार ब्युरो(सिआईबी) ले उनलाई काठमाडौको लैनचौरबाट पक्राउ गरेको हो। सिआईबीले अरुण सँगै अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ। ब्यापारी अरूण र थापालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। उनीहरूले वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप छ। सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिइन्। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको उनीहरूमाथि आरोप छ। उनीहरूले भटाभट सरकारी जग्गा विभिन्न मितिमा आफ्नो नाममा बनाएको देखिन्छ। यसबारे मन्त्रिपरिषदले कुनै पनि निर्णय गरेको पाइएन,’ स्रोतले भन्यो, ‘सबै मिलेमतोमा आफ्नो नाममा गरेको देखिन्छ। अहिले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search