टर्कीमा एक महिलाले आफ्नो श्रीमानविरुद्ध रोचक प्रकारको मुद्दा हालेकी छन्। महिलाले लामो समयदेखि आफ्नो श्रीमानले ननुहाउदा जिउ गन्हाएको र दाँत नमाझ्दा स्वास ह्वास्स गन्हाएर नजिक जान अप्ठ्यारो भएको भन्दै मुद्दा दर्ता गरेकी हुन्।
टर्किस सञ्चार माध्यमले ती महिलाको परिचय ए.वाई भनेर खुलाएको छ। महिलाले पति विरुद्ध लगाएको आरोपमा ननुहाउदा पसिनाले जिउ गन्हाएको, हप्तासम्म कपडा नफेर्ने तथा दाँत नमाझ्ने जस्ता व्यक्तिगत सरसफाइ नगरेको उल्लेख छ। जसकारण महिलाले श्रीमान सँग सम्बन्ध बिच्छेदको माग गरेको जनाइएको छ।
पीडितको पतिले पाँच दिनसम्म पनि लुगा नफेर्ने, कयौँ दिनसम्म एउटै लुगा लगाइ रहने, विरलै नुहाउने अनि शरीरबाट जतिबेला पनि पसिनाको दुर्गन्ध आउने गरेको वादीको वकिलले अंकारास्थित १९ औँ पारिवारिक अदालतमा भनेकी थिइन्।
श्रीमानले व्यक्तिगत सरसफाइ नगर्दा जिउ गन्हाउने देखि हप्तामा १,२ पटकमात्र दाँत माझ्दा स्वास ह्यास्स गन्हाएर नजिक जान नसकेको पिडितको आरोप छ।