१ फाल्गुन २०८० २१:४५
१ फाल्गुन २०८० २१:४५
कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका कर्मचारीले ‘कथित पत्रकार’ भन्दै निकालेको विज्ञप्तिमा पत्रकारहरुले आपत्ति जनाएका छन्। विज्ञप्तिमार्फत सार्वजनिक रुपमा पत्रकारमाथि लालछना लगाएकोप्रति पत्रकारहरुले आपत्ति जनाएका हुन। दुई पत्रकार समातिएको घटना लगत्तै सार्वजनिक रुपमा विज्ञप्तिमार्फत ‘कथित पत्रकार’ भन्दै निजामती कर्मचारीले पत्रकारिता क्षेत्रमै आक्रमण गर्न खोजेको उनीहरुको निष्कर्ष छ। ‘समाचारका विषयमा आपत्ति भए मिडिया हाउस तथा प्रेस काउन्सिलमा गुनासो गर्न पाउँछ। विज्ञप्तिमार्फत सार्वजनिक रुपमा पत्रकारमाथि लालछना लगाउनु आपत्तिजनक छ,’ नेपाल पत्रकार महासंघ बैतडीका पूर्वअध्यक्ष समेत रहेका सीमारेखा डटकमका सम्पादक राजेन्द्र नाथले भने, ‘यसले पत्रकारको मनोबल गिराएको छ। स्वतन्त्र पत्रकारितामाथि हमला गरेर कमजोर पार्न खोजिएको देखिन्छ।’ यस्तै ‘कथित पत्रकार’ भन्दै निकालिएको कर्मचारीको विज्ञप्ति सामाजिक…