Naya Update

सुदूरपश्‍चिम प्रदेश

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छत्र खड्काले बुधबार आफ्ना २५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। केन्द्रिय क्याम्पसमा बिएएलएलबी छैटौं सेमेस्टरमा अध्यनरत खड्काले मंगलबार फेसबुकमा भिडियो पोस्ट गर्दै स्वतन्त्रबाट सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। त्यसको दुईदिन पछि बिहिवार उनले पुनः फेसबुक मार्फत आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्। खड्काले आफ्ना चुनावी एजेन्डामा विद्यार्थीहरुलाई एकताबद्ध गर्ने देखि लिएर विश्वविद्यालयको आफ्नै मिडिया हाउस स्थापना गर्ने सम्मका कुराहरू समेटेका छन्। यस्तै विश्वविद्यालयको शैक्षिक तथा आन्तरिक सूचना प्रवाहको लागि छुट्टै मोबाइल एप्स संचालनमा ल्याउने, विश्वविद्यालयमा साहित्यिक महोत्सवको आयोजना गर्ने,…
Read More
सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन चैत २७ मा गर्ने

सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन चैत २७ मा गर्ने

सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन आगामी चैत २७ मा हुनेगरी टुंगो लगाएको छ। विश्वविद्यालय कार्यकारी परिषदको फाल्गुन ११ गते बसेको बैठकबाट स्ववियु निर्वाचनको मिति टुंगो लागेको रजिस्ट्रार कार्यालयले जनाएको हो। कार्यालयले चैत २७ मा केन्द्रीय क्याम्पस सहित आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने बताएको छ। त्यसैले सबै विभागहरूमा भर्ना हुन बाकी विद्यार्थीहरूलाई १० गतेसम्म भर्ना गराउन विभागहरुलाई आदेश जारी गरेको छ। सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने विषय विगत १ बर्षदेखी चर्चामा रहेको थियो। तर विभिन्न राजनीति दलहरुका भातृ संगठनहरूबिचको आन्तरिक र वाह्य खिचातानीले निर्वाचनको मिति अन्योलमा परेको थियो।
Read More
कलुवापुर–बेलौरी सडकमा नियम विपरित बनेका संरचना भत्काइँदै

कलुवापुर–बेलौरी सडकमा नियम विपरित बनेका संरचना भत्काइँदै

कंचनपुर । शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकार भित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ। सडकको दाँया बाँया १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यवसायिक सामग्री, प्रचार प्रसारका सामग्री, पक्कि भौतिक संरचना लगायत हटाउन लागिएको हो। सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरुलाई जानकारी दिने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकत खेमराज बिष्टले जानकारी दिए। उनका अनुसार यही साउन २७ गतेदेखि अबैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिने छ। “सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दूर्घटनाको जोखिम उच्च रहेको छ” उनले भने, “सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको…
Read More
सुदूरपश्चिम प्रदेश दोस्रो प्रादेशिक “गौरव यात्रा” साथ बृहत सास्कृतिक कार्यक्रम भब्यरुपमा मनायो

सुदूरपश्चिम प्रदेश दोस्रो प्रादेशिक “गौरव यात्रा” साथ बृहत सास्कृतिक कार्यक्रम भब्यरुपमा मनायो

बिकाश सिंह महता / असार १२ गते बुधबार धनगढी: यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले सुदूरपश्चिम प्रदेश दोस्रो प्रादेशिक प्राइड परेड मन्थ " गौरव यात्रा" र्‍याली निकालेर भब्यताका साथ बृहत सांस्कृतिक कार्यक्रम मनाएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको अस्थाई राजधानी धनगढीमा यौनिक तथा लैङ्गिक अलपसङ्ख्यक समुदायले सुदूरपश्चिम प्रदेश दोस्रो प्रादेशिक प्राइड परेड मन्थ (गौरव यात्रा) भब्यताका साथ मनाएको हो। सुदूरपश्चिम प्रदेशका कला संस्कृति झल्काउने नित्य गरि बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो। यौनिक तथा लैङ्गकि अल्पसंख्यक (एलजीबीटिआईक्यू ए प्लस ) समुदायले अंग्रेजी वर्षको हरेक जुन महिनामा गौरवको महिना मध्यनजर गरि जुन महिना लाई गौरवको महिनाको रुपमा मनाउँदै आएका यौनिक तथा लैङ्गकि…
Read More
सुदूरपश्चिम समाजले धनगढीमा मनाइयो गौरव यात्राको अवसरमा फिल्यास मोब कार्यक्रम

सुदूरपश्चिम समाजले धनगढीमा मनाइयो गौरव यात्राको अवसरमा फिल्यास मोब कार्यक्रम

बिकाश सिंह महता/ असार ११ गरे मंगलबार धनगढी: सुदूरपश्चिम समाज कैलालीले धनगढीमा "गौरव यात्रा " को अवसरमा फिल्यास मोब कार्यक्रमको आयोजना गरेको छ। मंगलबार जिल्लाको सदरमुकाम धनगढी चौराहामा सुदूरपश्चिम समाज धनगढीले फिल्यास मोब कार्यक्रमको आयोजना गरेको हो। यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय लाई समाजमा हेर्ने दृष्टिकोण र खेप्नुपरेको समस्या र चुनौतीका साथै निरन्तर यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको सफलताको कथालाई चित्रण गरिएको थियो। यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले अंग्रेजी महिनाको जुन महिना लाई प्राइड परेड मन्थ (गौरव यात्रा) को महिनाको रुपमा लिइन्छ । जसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि यो गौरव यात्राको महिना मनाउने गरिन्छ । उक्त महीनाको अवसरमा पहिलो…
Read More
कैलाली जिल्लाको मोहन्याल गाँउपालिका सोल्टा घटना प्रकरण: विभिन्न संघसंस्थाको स्थलगत अवलोकन पश्चात् पायो सार्थकता

कैलाली जिल्लाको मोहन्याल गाँउपालिका सोल्टा घटना प्रकरण: विभिन्न संघसंस्थाको स्थलगत अवलोकन पश्चात् पायो सार्थकता

कञ्चनपुर/ फागुन १४ गते सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको सोल्टामा घटेको घटना बारेमा सम्बन्धी विभिन्न संघसंस्थाको साचो जाग्दा घटनाले सार्थकता पाएको छ। कैलाली जिल्लाको मोहन्याल गाँउपालिका वडा नं. ६, रैनाकोट , सोल्टामा १६ बर्षिय र १७ बर्षिय बालिकाहरुको सम्बन्धलाई लिएर उनीहरुमाथी भएको हिंसा तथा अमानविय ब्यवहारहरु समाजिक संजालमा देखिएको विषयलाई लिएर राष्टिय मानव अधिकार आयोग, सुदूर पश्चिम समाज, नील हिरा समाज,एकता नेपाल र यौनिक तथा लैगिंक अल्पसंख्यक महासंघका टोलीले स्थलगत अबलोकन गरिएको थियो। अवलोकन प्रक्रिया लाई ईलाका प्रहरी कार्यालय सोल्टाको सहयोगमा दुवै पिडितहरुको परिवारको सदस्यहरु राखी छलफल गरिएको थियो। जसमा उहाँहरुलाई यौनिकता तथा लैगिंकताको विषयमा जानकारी गराईएको थियो। हाल…
Read More
रासस वार्षिकोत्सवः कंचनपुर उद्योग बाणिज्य संघलाई फुटबल उपाधी

रासस वार्षिकोत्सवः कंचनपुर उद्योग बाणिज्य संघलाई फुटबल उपाधी

महेन्द्रनगर। फाल्गुन ७ राष्ट्रिय समाचार समिति (रासस) को ६३ औं बार्षिकोत्सवको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी कञ्चनपुर उद्योग बाणिज्य संघले जितेको छ। बिजेता टिमका तर्फ मान चन्दले दुई गोल, महेश जोशीले दुई र वृजकिशोर चन्द र जंगबहादुर मल्लले एक÷एक गोल गरेका थिए। प्रतियोगितामा उपाधी बिजेता टिम ट्रफीबाट पुरस्कृत भएको आयोजक राष्ट्रिय समाचार समिति महेन्द्रनगर कार्यालयले जनाएको छ। महेन्द्रनगरस्थित राष्ट्रिय बाल विद्यालयको खेल मैदानमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आयोजक राष्ट्रिय समाचार समितिको टिमलाई ४ का विरुद्ध ६ गोल गर्दै बाणिज्य संघले उपाधी जितेको हो। कञ्चनपुरका सञ्चारकर्मीहरु सम्मिलत राससको टिमका लागि पत्रकार विकास महताले सार्वधिक तीन गोल गरेका थिए…
Read More
‘कथित पत्रकार’ भन्दै दोधारा चाँदनीका कर्मचारीले निकालेको विज्ञप्तिमा आपत्ति

‘कथित पत्रकार’ भन्दै दोधारा चाँदनीका कर्मचारीले निकालेको विज्ञप्तिमा आपत्ति

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका कर्मचारीले ‘कथित पत्रकार’ भन्दै निकालेको विज्ञप्तिमा पत्रकारहरुले आपत्ति जनाएका छन्। विज्ञप्तिमार्फत सार्वजनिक रुपमा पत्रकारमाथि लालछना लगाएकोप्रति पत्रकारहरुले आपत्ति जनाएका हुन। दुई पत्रकार समातिएको घटना लगत्तै सार्वजनिक रुपमा विज्ञप्तिमार्फत ‘कथित पत्रकार’ भन्दै निजामती कर्मचारीले पत्रकारिता क्षेत्रमै आक्रमण गर्न खोजेको उनीहरुको निष्कर्ष छ। ‘समाचारका विषयमा आपत्ति भए मिडिया हाउस तथा प्रेस काउन्सिलमा गुनासो गर्न पाउँछ। विज्ञप्तिमार्फत सार्वजनिक रुपमा पत्रकारमाथि लालछना लगाउनु आपत्तिजनक छ,’ नेपाल पत्रकार महासंघ बैतडीका पूर्वअध्यक्ष समेत रहेका सीमारेखा डटकमका सम्पादक राजेन्द्र नाथले भने, ‘यसले पत्रकारको मनोबल गिराएको छ। स्वतन्त्र पत्रकारितामाथि हमला गरेर कमजोर पार्न खोजिएको देखिन्छ।’ यस्तै ‘कथित पत्रकार’ भन्दै निकालिएको कर्मचारीको विज्ञप्ति सामाजिक…
Read More

सुदुरपश्चिम समाज कोरियाले सलनालमा विधान अधिवेशन र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेको सुदूरपश्चिमेलीहरुको साझा संस्था सुदुरपश्चिम् समाज दक्षिण कोरियाले कोरियन नववर्षको अवसर पारी एक कार्यक्रम आयोजना गर्ने भएको छ। सुदूरपश्चिम समाज कोरियाले कोरियाको नववर्ष सालनालको अवसर पारी फेब्रुअरी ९ तारिखमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा सुदुरपश्चिमका प्रतिभावान कलाकार सहित साहित्यकार तथा देउडा खेलका मनोरञ्जनात्मक कार्यक्रम रहेको आयोजक समाजले बताएको छ। त्यसैबिच सुदुरपश्चिम् समाज कोरियाको विधान अधिवेशन पनि हुने सुदूरपश्चिम समाज कोरियाका अध्यक्ष दिल बहादुर मडैले बताए। सुदूरपश्चिम समाजले संस्थालाई थप उन्नत, सेवामुखी, अग्रमुखी र अझै दरिलो बनाउनको निमित्त पनि कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष मडैले बताए । उक्त कार्यक्रम दिउँसो १२:३० बजे राजधानी सौलमा आयोजना हुने आयोजले जनाएको…
Read More
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search