३ फाल्गुन २०८० ०७:३६
३ फाल्गुन २०८० ०७:३६
कंचनपुरको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको यातायातको सु प्र०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ मा दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ। महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस बुधबार राति १ बजे कपिलवस्तु स्थित शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। बस बाटोबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। दुर्घटनामा ३० जना घाइते भएकामा ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्यको स्थानीय सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय कपिलवस्तु जनाएको छ।