Naya Update

दुर्घटना

शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु

शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु

कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन्। उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले  बताए। अन्य ९ जनाको उपचार भइरहेको छ। गत बिहीबार म:म पसलको ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका थिए।
Read More
काठमाडौँमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४१ घाइते

काठमाडौँमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४१ घाइते

काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरी वृत्त कीर्तिपुरका अनुसार दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको छ। यस्तै दुर्घटनामा परी ४१ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरिक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो। प्रहरीकाअनुसार दक्षिणकाली नगरपालिकाको जुनकिरी स्कुलको बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा परेको हो। घटनाको यकिन विवरण आउने क्रममा रहेको बताएको छ। घाइतेहरुको ट्रमा सेन्टर, कीर्तिपुर अस्पताल लगायतका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार चार जना घाइते परिवारको सम्पर्कमा पुग्नुभएको छ।
Read More
करेन्ट लागेर हेटौंडामा दुई बालिकाको मृत्यु

करेन्ट लागेर हेटौंडामा दुई बालिकाको मृत्यु

करेन्ट लागेर आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ। चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो। उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ निवासी सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए। सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए। बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत्यु…
Read More
कंचनपुरमा सवारी दुर्घटना हुँदा युक्रेनी नागरिक सहित दुई जना घाइते

कंचनपुरमा सवारी दुर्घटना हुँदा युक्रेनी नागरिक सहित दुई जना घाइते

कंचनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटनामा परि दुई जना घाइते भएका छन्। मोटरसाइकल र साइकल आपसमा ठोक्किदा युक्रेनी नागरिकसहित दुई जना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार दुर्घटनामा परि युक्रेनी नागरिक एन्ड्री र शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरकी ३५ वर्षीय सिता कामी घाइते भएका हुन्। एन्ड्रीले चलाइ रहेको एलए ०२ ए ५८४५ भारतीय नम्बरको मोटरसाइकल कामीको साइकलसँग ठोक्किएको थियो। झलारीस्थित टी एण्डी सी अस्पतालमा प्राथमिक उपचारपछि दुबै जनालाई थप उपचारका लागि धनगढीस्थित माया मेट्र अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु

खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु

सर्लाहीको बलरा नगरपालिकास्थित मनुस्मारा खोलामा डुबिरहेकी बालिका बचाउन जादा सोही खोलामा डुबि एक बृद्दको मृत्यु भएको छ। आज वडा नं १ हथिऔल स्थित खोलामा डुबेर सोही स्थानका ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो। घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेपछि भैँसी चराउँदै गरेका साह खोलामा बचाउन पसेका थिए। सोही क्रममा साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए। दुई बालिकामध्ये एक सोही स्थान निवासी अजय गिरीकी १२ वर्षीया छोरी निशाकुमारी गिरी बेपत्ता भएकी हुन्। अर्की १५ वर्षीया पिङ्कीकुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएको प्रहरी…
Read More
नुहाउने क्रममा पोखरीमा डुबेर कंचनपुरमा बालिकाको मृत्युु

नुहाउने क्रममा पोखरीमा डुबेर कंचनपुरमा बालिकाको मृत्युु

कंचनपुरको शुक्लाफाँटा नगरपालिका ४ आशापुरमा पोखरीमा डुबेर १३ वर्षीय बालिकाको मृत्यु भएको छ। बुधबार दिउँसो नुहाउने क्रममा घर नजिकैको पोखरीमा डुबेर उक्त बालिकाको मृत्यु भएको हो। १३ वर्षीया बिपना चुनारा साथीसँग नुहाउन पोखरीमा गएकी थिइन्। माछापोखरीमा नुहाउने क्रममा साथीसँगै पौडिन नसकेपछि डुबेकी बिपनाको मृत्यु भएको छ । सँगै डुबेकी साथी जीविका चुनाराको स्थानीय झलारी अस्पतालमा उपचार भइरहेको छ।   इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार स्थानीय माछापोखरीमा नुहाउन गएका एकजनाको मृत्यु र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताएका छन्।
Read More
सुर्यचौर हेलिकप्टर दुर्घटना: हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु 

सुर्यचौर हेलिकप्टर दुर्घटना: हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु 

नुवाकोटको सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो एयर डाइनेस्टीक हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटना परि हेलिकप्टरमा सवार ५ जनाकै मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ। हेलिकप्टरमा पाइलट अरुण मल्ल बाहेक अरु चिनियाँ नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए। उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन्। रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो।
Read More
नुवाकोटमा हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाकी

नुवाकोटमा हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाकी

नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको सेतोपाटीलाई बताए। शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। 'हेलिकप्टर खसेको र आगो लागेको जानकारी आएपछि हामी त्यसतर्फ जाँदैछौं,’ उनले भने, ‘प्रहरीहरू घटनास्थलमा पठाइसकिएको छ।’ हेलिकप्टरमा सवार मानिसहरुको संख्या र दुर्घटनाको क्षती बारे खुल्न बाकी रहेको छ।
Read More
त्रिशूलीमा अझै बेपत्ता छन् ८ गाडी र ८२ यात्रु

त्रिशूलीमा अझै बेपत्ता छन् ८ गाडी र ८२ यात्रु

आजभन्दा ८ दिनअघि दुईवटा गाडीसहित त्रिशूलीमा खसेका ३७ यात्रु अझै बेपत्ता छन्। चितवनको सिमलतालदेखि भारतका नहरसम्म खोज्दा सुरक्षाकर्मीले बेपत्ता ६२ मध्ये २५ जनाको शव फेला परेका छन्। तर तीमध्ये १० वटा शवको सनाखत भइसकेको छैन। यी यात्रु बोकेर गएका दुई वटै बस भेटिएका छैनन्। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपाने भन्छन्, ‘अझै केहीको त फेला पर्ला, तर सबैको शव भेटिने सम्भावना न्युन हुँदैछ।’ नदीले बगाएर भारत पुर्‍याएका शव भारतीय सीमा सुरक्षा बल एसएसबीले फेला पार्न थालेको छ। शुक्रबार साँझ भारतको पश्चिम चम्पारण बगाहास्थित नहरमा एसएसबीले एउटा शव फेला पार्‍यो यसअघि बिहीबार पनि एसएसबीले भारतीय भूमिमै दुईवटा शव भेटेको थियो। अहिले…
Read More
मोटरसाइकल दुर्घटना हुँदा कंचनपुरमा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा कंचनपुरमा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका कंचनपुरको शुक्लाफाँटा–७ सिमलफाँटाका ३२ वर्षीय नरेश नेगीको मृत्यु भएको हो छ। शनिबार भारतको रुद्रपुरस्थित न्यूरो सेन्टरमा उनको मृत्यु भएको हो। बिहीबार साँझ कृष्णपुर नगरपालिका–२ बनहरा पुल नजिक गाईसँग ठोक्किएर उनी घाइते भएका थिए। नेगीले चलाईरहेको सु.प.प्र ०२ ००३प ७६९२ नम्बरको मोटरसाइकल बनहरा नजिक गाईसँग ठोक्किएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बिरबहादुर बुढाऐरले बताए। घाइते भएपछि उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको रुद्रपुर लगिएको थियो। नेगी कृष्णपुर नगरपालिका–२ बाणी बजारमा साइकल पसल सञ्चालन गर्दै आएका थिए।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search