Naya Update

Day: ७ फाल्गुन २०८० १८:५७

रासस वार्षिकोत्सवः कंचनपुर उद्योग बाणिज्य संघलाई फुटबल उपाधी

रासस वार्षिकोत्सवः कंचनपुर उद्योग बाणिज्य संघलाई फुटबल उपाधी

महेन्द्रनगर। फाल्गुन ७ राष्ट्रिय समाचार समिति (रासस) को ६३ औं बार्षिकोत्सवको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी कञ्चनपुर उद्योग बाणिज्य संघले जितेको छ। बिजेता टिमका तर्फ मान चन्दले दुई गोल, महेश जोशीले दुई र वृजकिशोर चन्द र जंगबहादुर मल्लले एक÷एक गोल गरेका थिए। प्रतियोगितामा उपाधी बिजेता टिम ट्रफीबाट पुरस्कृत भएको आयोजक राष्ट्रिय समाचार समिति महेन्द्रनगर कार्यालयले जनाएको छ। महेन्द्रनगरस्थित राष्ट्रिय बाल विद्यालयको खेल मैदानमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आयोजक राष्ट्रिय समाचार समितिको टिमलाई ४ का विरुद्ध ६ गोल गर्दै बाणिज्य संघले उपाधी जितेको हो। कञ्चनपुरका सञ्चारकर्मीहरु सम्मिलत राससको टिमका लागि पत्रकार विकास महताले सार्वधिक तीन गोल गरेका थिए…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search