Naya Update

Day: ८ फाल्गुन २०८१ १६:१२

देउवाको भारत भ्रमण कार्यक्रम स्थगित

देउवाको भारत भ्रमण कार्यक्रम स्थगित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। भारतीय स्रोतका अनुसार भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि अन्तिममा आएर देउवाले यो कार्यक्रम स्थगित गरेका हुन्। इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए। कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुनेछ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search