Naya Update

राजनीति

तीनकुनेको हिंसात्मक घटना कुनै राजनीतिक दलबाट प्रेरित थिएन: गृहमन्त्री लेखक

तीनकुनेको हिंसात्मक घटना कुनै राजनीतिक दलबाट प्रेरित थिएन: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले तीनकुनेको हिंसात्मक घटना कुनै राजनीतिक दल प्रेरित नभएको बताएका छन्। शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लेखकलाई चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको जानकारी दिन बैठकमा बोलाएपछि उनले संविधान उल्ट्याउने र यो व्यवस्था उट्याउने ढंगले भएको बताएका हुन्। उनले भने, ‘आफ्ना अगुवाबाट उत्तेजित अभिव्यक्ति र निर्देशित भीडले जानीजानी अन्नपूर्ण पोस्ट् र कान्तिपुरको कार्यालयमा ढुंगामुढा गरियो र आगो फालियो, लगाइयो।’ संविधान र गणतान्त्रिक व्यवस्थाभित्र रहेर शान्तिपूर्ण प्रदर्शनलाई सरकारले स्वागत गरिरहेको जानकारी दिए। ‘तीनकुने भएको कार्यक्रम हिंसात्मक, अमानवीय, अमार्यादित र उच्छिङ्खल ढंगले भएको छ।’ उनले भने, ‘संविधान र गणतान्त्रिक व्यवस्थाभित्र रहेर शान्तिपूर्ण प्रदर्शनलाई सरकारले स्वागत…
Read More
कोरियाली राष्ट्रपति युन सुक-योल बर्खास्त

कोरियाली राष्ट्रपति युन सुक-योल बर्खास्त

दक्षिण कोरियाको संवैधानिक अदालतले शुक्रबार राष्ट्रपति युन सुक-योललाई आधिकारिक रूपमा उनको पदबाट हटाएको छ। अदालतले सर्वसम्मतिले यो निर्णय दिएको हो। कोरियामा आगामी दुई महिनामा राष्ट्रपतिको चुनाव हुँदैछ। योलले डिसेम्बर ३ मा देशमा 'मार्शल ल' घोषणा गरेका थिए। साथै, सेना र प्रहरी अधिकारीहरूलाई देशको संसद (राष्ट्रिय सभा) मा पठाइएको थियो। यसपछि, डिसेम्बर १४ मा राष्ट्रिय सभाले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो र उनलाई पदबाट हटाइएको थियो। प्रस्तावमा योलमाथि संविधान र अन्य कानुनहरूको उल्लंघन गरेको, व्यवस्थापिकाको स्वतन्त्रतामाथि आक्रमण गरेको र देशको शान्ति खलबल्याएको आरोप लगाइएको छ। एजेन्सी
Read More
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ भने व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दिपक खड्काले ‘ नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धि विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
Read More
सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन चैत २७ मा गर्ने

सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन चैत २७ मा गर्ने

सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन आगामी चैत २७ मा हुनेगरी टुंगो लगाएको छ। विश्वविद्यालय कार्यकारी परिषदको फाल्गुन ११ गते बसेको बैठकबाट स्ववियु निर्वाचनको मिति टुंगो लागेको रजिस्ट्रार कार्यालयले जनाएको हो। कार्यालयले चैत २७ मा केन्द्रीय क्याम्पस सहित आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने बताएको छ। त्यसैले सबै विभागहरूमा भर्ना हुन बाकी विद्यार्थीहरूलाई १० गतेसम्म भर्ना गराउन विभागहरुलाई आदेश जारी गरेको छ। सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने विषय विगत १ बर्षदेखी चर्चामा रहेको थियो। तर विभिन्न राजनीति दलहरुका भातृ संगठनहरूबिचको आन्तरिक र वाह्य खिचातानीले निर्वाचनको मिति अन्योलमा परेको थियो।
Read More
देश ओरालो लाग्नुमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार: अध्यक्ष लिङ्देन

देश ओरालो लाग्नुमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार: अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीका कारण देश निरन्तर ओरालो लागिरहेको टिप्पणी गरेका छन्  । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन ललितपुर जिल्ला अधिवेशनमा  अध्यक्ष लिङ्देनले अहिले देशको अवस्था आँखाले देखेको जस्तो सामान्य नरहेको र त्यसको जिम्मेवार ठुला भनिने दल रहेको बताएका हुन् । उनले अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारी साथै अन्तर्राष्ट्रय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको बताए । उनले भने, ‘अहिले देश विशिष्ट अवस्थामा छ। देश हाम्रो आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन। अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारीका हिसावले, अन्तर्राष्ट्रिय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको अवस्था छ। यसलाई निरन्तर रुपमा पालिराख्ने हो भने युवाले जुन बेला देशको…
Read More
देउवाको भारत भ्रमण कार्यक्रम स्थगित

देउवाको भारत भ्रमण कार्यक्रम स्थगित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। भारतीय स्रोतका अनुसार भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि अन्तिममा आएर देउवाले यो कार्यक्रम स्थगित गरेका हुन्। इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए। कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुनेछ।
Read More
‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’

‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’

कर्णालीका पूर्वमुख्यमन्त्रीद्धय जीवनबहादुर शाही र राजकुमार शर्माले संघीयता कार्यान्वयनमा संघीय सरकार बाधक रहेको आरोप लगाएका छन्। वीरेन्द्रनगरमा बुधबार कर्णाली उत्सव : कुडा कर्णालीका छैटौं संस्करणमा 'खलंगा : शक्तिको सदरमुकाम' सत्रमा बोल्दै पूर्वमुख्यमन्त्रीद्धयले यही तरिकाले संघीयताको अभ्यास गरिए प्रदेशको औचित्य समाप्त भई अन्ततः संघीयता धरापमा पर्ने खतरा रहेका बताएका  हुन्। संघले अधिकार नदिएकै कारण प्रदेशले काम गर्न नसेकेको उनीहरुको भनाई थियो। ‘संघीयता बाध्यताले स्वीकारेजस्तो देखिन्छ, प्रदेशका कार्यकारी प्रमुखले संघको आदेश मानेर बस्नुपर्ने भयो, शाहीले भने, मुख्यमन्त्रीको भ्यालु छैन, केन्द्रबाट हलियाजस्तो व्यवहार केन्द्रबाट भएको छ, मुख्यमन्त्री भन्दा वडाध्यक्ष बलियो छ।’ यही तरिकाले संघीयताको अभ्यास गर्ने हो भने प्रदेश संरचनालाई खारेज गर्न नेताहरुसमक्ष…
Read More
दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे उक्त बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, ०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (इ कमर्श) विधेयक, ०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
Read More
भारतको मणिपुरमा राष्ट्रपतिय शासन लागू

भारतको मणिपुरमा राष्ट्रपतिय शासन लागू

भारतको मणिपुर राज्यमा राष्ट्रपति शासन लागू भएको छ। केन्द्रीय गृह मन्त्रालयले सूचना गर्दै मणिपुरमा राष्ट्रपति शासन लागू भएको जानकारी दिएको छ। गत आइतबार मुख्यमन्त्री बीरेन सिंहले राजीनामा दिएका थिए। यसअघि, आइतबार मुख्यमन्त्री एन बिरेन सिंहले पदबाट राजीनामा दिएका थिए। राज्यमा लामो समयदेखि जातीय हिंसा जारी रहेकाले उनी हिंसा नियन्त्रण गर्न असफल भएको आरोप लाग्दै आएको थियो। मुख्यमन्त्री हटाउन माग गर्दै मणिपुरका १९ भाजपा सांसदले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका थिए। पत्रमा सभामुख थोकचोम सत्यव्रत सिंह, मन्त्री थोङ्गम विश्वजित सिंह र युमनम खेमचन्द सिंहको हस्ताक्षर रहेको थियो। मणिपुरमा लामो समयदेखि मैतेई र कुकी समुदायबीच हिंसाले जारी रहेको छ। सोही कारण पनि…
Read More
प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम फागुन ४ गते

प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम फागुन ४ गते

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गतेको बैठकमा हुने भएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने बताएका हुन्। उनले  प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका सदस्यले फागुन महिनामा प्रश्न सोध्न नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते बुधवार दिनको ४ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनसक्ने बताए। उनले संघीय संसदको बैठक नचलेको दिनमा विषयगत समितिका काम कारबाही अघि बढाउन समितिका सभापति तथा सदस्यको ध्यानाकर्षण गराए। प्रतिनिधि…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search