Naya Update

Day: १० फाल्गुन २०८१ २०:०६

देश ओरालो लाग्नुमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार: अध्यक्ष लिङ्देन

देश ओरालो लाग्नुमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार: अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीका कारण देश निरन्तर ओरालो लागिरहेको टिप्पणी गरेका छन्  । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन ललितपुर जिल्ला अधिवेशनमा  अध्यक्ष लिङ्देनले अहिले देशको अवस्था आँखाले देखेको जस्तो सामान्य नरहेको र त्यसको जिम्मेवार ठुला भनिने दल रहेको बताएका हुन् । उनले अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारी साथै अन्तर्राष्ट्रय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको बताए । उनले भने, ‘अहिले देश विशिष्ट अवस्थामा छ। देश हाम्रो आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन। अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारीका हिसावले, अन्तर्राष्ट्रिय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको अवस्था छ। यसलाई निरन्तर रुपमा पालिराख्ने हो भने युवाले जुन बेला देशको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search