Naya Update

देश ओरालो लाग्नुमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार: अध्यक्ष लिङ्देन

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीका कारण देश निरन्तर ओरालो लागिरहेको टिप्पणी गरेका छन्  । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन ललितपुर जिल्ला अधिवेशनमा  अध्यक्ष लिङ्देनले अहिले देशको अवस्था आँखाले देखेको जस्तो सामान्य नरहेको र त्यसको जिम्मेवार ठुला भनिने दल रहेको बताएका हुन् ।

उनले अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारी साथै अन्तर्राष्ट्रय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको बताए । उनले भने, ‘अहिले देश विशिष्ट अवस्थामा छ। देश हाम्रो आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन। अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारीका हिसावले, अन्तर्राष्ट्रिय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको अवस्था छ। यसलाई निरन्तर रुपमा पालिराख्ने हो भने युवाले जुन बेला देशको नेतृत्व गर्ने मौका आउँछ त्यसबेला देश रहन्छ की रहँदैन भन्ने अवस्थामा छ।’

साथै अध्यक्ष लिङ्देनले अहिले देशको अवस्था आउनमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार रहेको बताए । उनले देश विग्रियो भने शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको केही नबिग्रने तर युवाहरुको भविष्य विग्रिने चिन्ता व्यक्त गरे।

उनले भने, ‘यो देश विग्रियो भने शेरबहादुर देउवा, केपी ओली र प्रचण्डको केही बिग्रदैन। देश विग्रियो भने युवाहरुको भविष्य विग्रिने छ। देशको भविष्यसँग सबै भन्दा धेरै सरोकार र सम्बन्ध युवाहरुको छ। यसकारण युवाहरुले निर्माण गर्नुपर्ने र निर्वाह गर्नुपर्ने भूमिका महत्वपूर्ण छ। अहिले देशको यो अवस्था आउनमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार छन्।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्।...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search