Naya Update

एसिया कप : भारतविरुद्ध उत्कृष्ट प्रदर्शन

Advertisement

काठमाडौं । एसिया कपमा नेपाल विश्व क्रिकेटको महारथी भारतविरुद्ध शानदार प्रदर्शन गरेको छ । भारतसँग हार भए पनि नेपाली टोलीले राम्रो प्रदर्शन गरेको भन्दै प्रशंसा पाएको छ ।  श्रीलंकाको पल्लेकेले स्टेडियममा भएको खेलका क्रममा नेपाली ब्याटरहरुले भारतविरुद्ध गरेको प्रदर्शन सम्झनलायक रह्यो। 

भारतसँग डिएलएस मेथडमा १० विकेटको अन्तरले पराजित भएसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ।

एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन्।

नेपालले क्रिकेट इतिहासमा पहिलो पटक ओडिआइ वरियताका शीर्ष तथा विश्व क्रिकेटका शक्तीशाली टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाएको हो।

पहिलो खेलमा पाकिस्तानसँग १०४ रनमा अलआउट भएको नेपालले भारतसँगको खेलमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो।

भारतसँग हार भएपनि आशिफ शेख र सोमपाल कामीको शानदार प्रदर्शनको तारिफ भइरहेको छ। 

मध्यराति खेल सकिएपछि नेपाली प्रशिक्षक मोन्टी देसाईले खेलाडीहरुलाई भारतीय ड्रेसिङ रुममा लगे। जहाँ कप्तान रोहित शर्मा, विराट कोहली र प्रशिक्षक राहुल द्रविडहरु उपस्थित थिए।

त्यसक्रममा भारतीय खेलाडीहरुले नेपाली खेलाडीहरुलाई मेडल लगाइदिए।

खासगरी कुनै पनि खेल जित्ने टिमका खेलाडीहरुलाई मेडल लगाइदिने चलन छ। भारतीय नागरिकसमेत रहेका नेपाली प्रशिक्षक देसाईले त्यहाँ फरक अभ्यास गरे।

भारतीय ड्रेसिङ रुममा प्रशिक्षक द्रविड, खेलाडीहरु विराट कोहली र हार्दिक पान्ड्यासहितले नेपाली खेलाडीलाई मेडल लगाइदिएका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search