Naya Update

आश्विन १०बाट नेपाल क्रिकेट १९औँ एसियाली खेलकुदमा

Advertisement

काठमाडौँ  ।   नेपाली क्रिकेट टोली आश्विन १० बाट  १९ औँ एसियाली खेलकुदमा व्यस्त हुने भएको छ ।

नेपालले समूह चरणमा मङ्गोलिया र मालदिभ्ससँग खेल्ने भएको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तालिका थियो ।

 क्वाटर फाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् । अफगानिस्तानले प्रतिस्पर्धाबाट आफ्नो नाम फिर्ता लिइसकेको छ । 

नेपालले पहिलो खेल आश्विन १० गते मङ्गोलियासँग खेल्नेछ । त्यस्तै   आश्विन १४ गते मालदिभ्ससँग खेल्नेछ । क्वाटर फाइनल आश्विन १६ र १७ गते  तथा सेमिफाइनल १९ गते हुनेछ । फाइनल र तेस्रो स्थानको लागि  आश्विन २० गते खेल हुनेछ ।

सबै खेल टी२० शैलीमा हुनेछ । नेपाल टी२० आई वरियतामा १७ औँ स्थानमा छ । मालदिभ्स ८० औँ स्थानमा छ । मङ्गोलिया भने आइसिसीको ८७ वरीयताभित्र छैन । 

समूह चरणका खेलहरू नेपालले सहजै जिते पनि क्वाटर फाइनलपछिका खेलहरूका लागि नेपालले निकै सङ्घर्ष गर्नुपर्ने आङ्कलन गरिँदै छ ।

नेपालको टोली :

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी. सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search