Naya Update

लिबियामा डेनियल तुफानले ७००० जनाको मृत्यु

Advertisement

अफ्रिकी देश लिबियामा आएको डेनियल तुफान र बाढीले अहिलेसम्म सात हजार जनाको मृत्यु भइसकेको छ । तुफानपछि डेर्ना सहरको दुई वटा ड्याम नष्ट हुँदा लगभग १०हजार जनसङ्ख्या भएको सो सहर पूर्ण रूपमा नष्ट भएको छ । ड्यामको उँचाइ २२० फिट अग्लो रहेको बताइएको छ । 

लिबियामा आएको यस प्रकारको प्राकृतिक प्रकोपले बिस हजार भन्दा बढी मानिस बेपत्ता भएको अवस्था छ । अलजजीरा मिडियाका अनुसार त्यहाँको अवस्था एकदमै भयानक अवस्थामा छ । घरभित्र लासहरू सडेको तथा कतिपय लासहरू समुन्द्रमा बगिरहेको अवस्था छ । रेस्कूयमा संलग्न कैयौँ सैनिकहरू समेत बेपत्ता भइरहेको अवस्था छ । 

स्मरण रहोस्, डेलियल तुफान गएको हप्ता ग्रिस, तुर्की र बुल्गारियामा पनि आएको र लगभग १२ जनाको मृत्यु भएको थियो । सो तुफान लिबिया तर्फ बढ्ने पहिले नै आङ्कलन गरिएको थियो ।

 अहिले संयुक्त राष्ट्र सङ्घ, अमेरिका,युरोपियन सङ्घ, तुर्किए, इटली, कतार, युएई लगायतका देशले राहत सामग्री वितरण गरिरहेको अवस्था छ । तर पनि वास्तविक पीडितहरूसम्म अझ पनि पर्याप्त मात्रामा सामग्रीहरू पुग्न नसकेको प्रत्यक्षदर्सीहरुको भनाई छ । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search