Naya Update

“बा”

Advertisement

*आविष्कार कला

 हथौडाले टुकटुक 

छिनाले छिन्छिन्

 हानेको मूर्ति मन्दिरमा हुन्छ

 अनुभवको गह्रुङ्गो घनले हिर्काएर 

हरदम तिमीलाई

 आर्शिवचन दिने मूर्ति 

पलपल तिम्रो साथमा हुन्छ

 त्यही मूर्तिको गोप्य नाम हो–बा । 

 पटक–पटक गुमेको श्वास लिएर

 चुँडिएको नशा सिलाएर

 रगतलाई पसिना बनाएर 

सन्तानको हाँसोलाई 

आफ्नो नासो ठान्ने 

मन–मस्तिष्कको एउटै नाम हो–बा । 

 पृथ्वी जत्तिकै भारी

 निरन्तर बोकिरहने 

ज्वारभाटासँग सङ्घर्ष गरिरहने 

वर्षौँदेखि आँधी हुरीमा अडिग 

पटक–पटक चट्याङको प्रहारबाट 

उठेर 

सन्तानलाई स्वर्ग देखाउन चाहने 

महामानवको साझा नाम हो–बा ।

 बा भन्नुहुन्छ–

 ‘ए फरक फरक विश्वविद्यालयमा 

सङ्ख्यात्मक उपाधि प्राप्त सन्तान ! 

जीवनको पहिलो पाठशाला ! 

खुसीको क्षणमा सुन–

 संसारका सयौँ विश्वविद्यालयको 

सैद्धान्तिक र प्रयोगात्मक परीक्षा 

उत्तीर्ण गर्नेको एउटै नाम हो–बुढा बा ।’

 अन्त्यमा,

 ढुङ्गा र मूर्ति देखाउँदै

 बाले सोध्नुभयो– 

‘विना चोटको जीवन

 चोटसहितको जीवन 

के रोज्छस् छोरा ?’

 मैले भनेँ– 

‘हजुरकै जीवन रोज्छु बा

 सङ्घर्ष, समानता र मानवता।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search