Naya Update

उमेर ढल्कँदै जाँदा पनि कसरी स्वस्थ्य हुने ? 

Advertisement

बिग्रँदो जीवनशैलीका कारण उमेर ढल्कँदै जाँदा स्वास्थ्यमा विभिन्न समस्याहरू आउँदै गइरहेको हुन्छ । विशेष गरी खानपिन, तनाव तथा निद्रा जस्ता विषयहरूमा सन्तुलन नहुँदा स्वास्थ्यमा समस्या आउने हो । पर्यावरणीय चुनौतीहरू बढ्दै जाने अर्कोतर्फ हाम्रो जीवनशैली झनै खराब हुँदै जाँदा हाम्रो प्रतिरोधी क्षमता घट्दै गइरहेको अवस्था छ । फेरि पनि स्वस्थ रहनको लागि केही टिप्सहरू दिइएको छ । 

१) उमेर बढ्दै जाँदा कम्मर दुख्ने, घुँडा र हड्डीहरू दुख्ने लगायतका समस्याहरू बढ्दै जान्छ । यस्तो समस्याहरू आउनुमा हाम्रो आहारमा केल्सीयमको मात्रामा कमी आउनु हो । यो समस्याबाट मुक्त हुन पर्याप्त मात्रामा दूध, दही, फलफूल, पनिर आदि खानु उपयुक्त हुन्छ ।

२) स्वस्थ रहन शरीरमा पर्याप्त मात्रामा पानीको आवश्यकता पर्दछ । शरीरलाई सही प्रकारले डिटाक्स गर्नको लागि दिनमा कमसेकम ३ देखि ४ लिटर पानी पिउनु पर्दछ । 

३) शरीरको मेटाबोलिज्म लाई बलियो बनाउनको लागि फाइबरयुक्त खाना खानुपर्दछ । आवश्यकताभन्दा बढी खाना कहिले खानुहुँदैन । 

४) हाम्रो पाचन प्रणालीलाई बलियो बनाउन खानेकुरा एकदमै चबाएर खानु पर्दछ । 

५) दिनमा कमसेकम ३० मिनेट योगा, ध्यान अथवा अरू कुनै शारीरिक अभ्यास निरन्तर रूपमा गरिरहनुपर्दछ । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search