Naya Update

अन्तिम बलमा रन हान्दै श्रीलङ्का एसिया कपको फाइनलमा

Advertisement

काठमाडौँ । साबिकको विजेता श्रीलङ्का  एसिया कप-2023 को फाइनलमा प्रवेश गरेको छ । 

शुक्रवार बिहान सम्पन्न खेलमा रोमाञ्चक सुपर ४ खेलमा पाकिस्तानलाई  हराउँदै श्रीलङ्का फाइनलमा पुगेको हो । 

श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा श्रीलङ्का डकवर्थ लुइस पद्धति अनुसार २ विकेटले विजयी भएको हो । 

अन्तिम २ बलमा टिमलाई ६ रनको आवश्यकता थियो । चरिथ असालंकाले अन्तिम दुई बलको पहिलो बलमा चौका र दोस्रो बलमा दुई रन हान्दै आफ्नो टिमलाई एसिया कपको फाइनलमा पुर्‍याएका हुन । । श्रीलङ्का ११ औँ पटक वन डे एसिया कपको फाइनलमा पुगेको हो । 

पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्‍यो ।

श्रीलङ्काका लागि कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए । 

पाकिस्तानका लागि ईफ्तिखार अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए । शादब खानले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो । 

साबिकको विजेता श्रीलङ्काले आइतबार भारत सॅंग उपाधिको लागि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search