Naya Update

आजदेखि शिक्षकहरू अनिश्चित कालीन आन्दोलनमा

Advertisement

काठमाडौँ । बर्षौसम्म चक र डस्टर बोकेर  हिँड्ने शिक्षकहरूको सम्मानित जीवन हुनुपर्दछ भन्दै  उनीहरू अनिश्चित कालीन आन्दोलनमा उत्रिएका छन् । शिक्षकरुहरुसँग गरिएको ५२ बुँदे सम्झौता, नेपाल सरकारले उल्लङ्घन गर्दै प्रतिगामी दिशातर्फ अग्रसर भएकोले आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानुभाई कार्की बताउनुहुन्छ । 

शिक्षासम्बन्धी विधेयकले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन खोजिएको, शिक्षामा लगानी नबढाएको, राहत शिक्षक, इसीडीलाई विद्यालयको आधारमा नल्याएको, कर्मचारीहरूको मागलाई बेवास्ता गरिएको भन्दै  आजदेखि पठनपाठनलाई ठप्प पारिएको अध्यक्ष कार्कीले बताउनुभयो । 

 संसद्‌मा दर्ता भएको शिक्षा विधेयकमा रहेका प्रावधानहरूमा असहमति जनाउँदै महासङ्घले विभिन्न २० वटा माग तेर्स्याएर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो। आन्दोलनलाई सशक्त बनाउन ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन्। उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेका हुन्। 

विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search