Naya Update

प्रलेसको स्थापना दिवसमा स्रष्टाहरु सम्मानित हुने 

Advertisement

काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ७२औँ स्थापना दिवसमा विभिन्न स्रष्टाहरू सम्मानित हुने भएका छन् । आगामी आश्विन ५ गते नपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा दिउँसो ११ बजेबाट हुने सो कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका संस्कृति तथा नागरिक उड्डयन मन्त्री सूदन किराँती हुने जानकारी हुन आएको छ । 

वि.सं.२००९ साल आश्विन ५गते स्थापना भएको सङ्घले आफ्नो स्थापना दिवसमा विभिन्न स्रष्टाहरूलाई सम्मान गर्ने गर्दछ । यो वर्ष पनि नेपाली वाङ्मयको उन्नयनमा विशिष्ट योगदान पुराएका विभिन्न स्रष्टाहरु लाई सम्मानित गर्न लागिएको सङ्घका अध्यक्ष डा.मधुसूदन गिरीले बताउनु भयो । पुरस्कृत हुनेहरूमा श्यामप्रसाद शर्मा स्मृति पुरस्कारबाट कवि कुन्ता शर्मा, प्रलेस प्रतिभा पुरस्कारबाट साहित्यकार नरेश भण्डारी, प्रलेस युवा पुरस्कारबाट साहित्यकार गुरुप्रसाद कुमाल ‘बुलबुल’ र प्रलेस बाल साहित्य पुरस्कारबाट प्रा.डा.कपिल लामिछानेलाई सम्मानित गर्न लागिएको अध्यक्ष गिरीले बताउनुभयो । 

स्थापना दिवसकै अवसरमा सङ्घको २८औ अङ्क, अन्तरवार्ता विशेषाङ्क समेत विमोचन गरिने महासचिव डा.देवी दुलाल क्षेत्रीले बताउनुभयो । स्थापना दिवस सफल पार्न देशभरिबाट लेखक तथा साहित्यकारहरू राजधानी आएको समेत वहाँले जानकारी गराउनु भयो । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search