
सर्वत्र उठ्ने प्रश्न हो यो ? सरकारी शिक्षाको नारा लगाएर मात्र हुन्छ, आफ्नो छोराछोरीलाई किन निजी विद्यालयमा पढाएको ? यो प्रश्नको सन्दर्भमा शिक्षाविद् डा.खगेन्द्र प्रसाईँ भन्नुहुन्छ, ‘उदारीकरण र निजीकरण मार्फत सार्वजनिक शिक्षा तहस नहस पारिएको छ र निजी शिक्षा उत्पात प्रवर्द्धन गरिएको छ । सार्वजनिक विद्यालयको सङ्ख्या र गुण दुबैलाई कमजोर पारिएको छ । शिक्षामा राज्यको भूमिका खुम्च्याइएको छ । ‘सरकारी नराम्रो निजी राम्रो’ भन्ने चेतना जबरजस्त निर्माण गरिएको छ । समस्या संरचनात्मक छ । तर बुज्रुकहरू शिक्षकलाई प्रश्न गर्छन् : तिमीले आफ्ना छोरा छोरी सार्वजनिक मा नपढाएर किन निजी विद्यालय मा पढाएको ?