Naya Update

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

Advertisement

 मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरु भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ।

जलेका घरहरू तार्के लामा, सोनाम लामा, ऐडी, सान्ताेना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा, रहेको बताइएको छ । उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौँको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिनुभएको छ । गमगढी खानेपानीको पानी प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रयास जारी छ ।

जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए । 

विसं २०७८ कात्तिक २९ गते पिन गमगढी बजारको तल्लो बजारमा  आगलागी हुँदै १९ घर जलेर नष्ट  भएका थिए  । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search