Naya Update

निकासको छैटौँ साधारण सभा सम्पन्न

Advertisement

काठमाडौँ । प्रमिता खनाललाई अध्यक्षमा चयन गर्दै क्यान्सर सर्भाइभर्सहरुको साझा संस्था, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको छैटौँ साधारण सभा सम्पन्न भएको छ । आश्विन ६ गतेका दिन मध्य बानेश्वरस्थित सनराइज क्याफेमा सो सभा सम्पन्न भएको हो । 

कैलाश निरौला निर्वाचन अधिकृत रहनु भएको साधारण सभाले उपाध्यक्षमा पूजा कुँवर, सचिवमा प्रमीला के.सी. तथा कोषाध्यक्षमा बिनु के.सी.लाई निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरूमा विमला दाहाल, रुबि क्षेत्री, डा.ज्योति ओझा, सुस्मिता पोख्रेल र सजिना पाण्डे निर्वाचित हुनुभएको छ । 

यसअघिको उद्घाटन कार्यक्रम, प्रमिता खनालको अध्यक्षता तथा प्रमीला के.सी.को सञ्चालनमा अगाडि बढेको थियो । साधारण सभामा कोषाध्यक्ष बिनु के.सी. नेपाल बाहिर रहेकोले अध्यक्ष तथा कोषाध्यक्ष दुवैको प्रतिवेदन अध्यक्ष प्रमिता खनालले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै विधानमा संशोधन प्रस्ताव सचिव प्रमीला के.सी.ले प्रस्तुत गरी सबै प्रतिवेदनहरू सर्वसम्मतले पारित गरिएको थियो । 

सर्भाइभर्सहरु मात्र संस्थाको सदस्य हुँदै आएकोमा संशोधित विधानअनुसार सर्भाइभर्सहरुको परिवारको सदस्य पनि संस्थाको सदस्य हुन पाउने प्रावधान राखिएको छ । यस प्रकारको प्रावधानले संस्थाको सदस्य सङ्ख्यामा गुणात्मक रूपले वृद्धि हुने अपेक्षा राखिएको छ । 

साधारण सभाको समापन पछि नवनिर्वाचित अध्यक्ष प्रमिता खनालले ‘विगतका कमी कमजोरीहरूमा सुधार गर्दै सर्भाइभर्सहरुको हक र अधिकारका साथै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन पनि ठोस योजनाका साथ अगाडि बढ्ने’ बताउनु भयो – ‘विगतका रचनात्मक गतिविधिहरूलाई देशव्यापी रूपमा विस्तार गर्न सशक्त र विशेष योजनाका साथ अग्रसर हुनेछौँ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search