Naya Update

अन्पाको तेस्रो साहित्यिक पदयात्रा सम्पन्न

Advertisement
काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले नियमित रूपमा गर्दै आएको साहित्यिक पदयात्रा–३ सम्पन्न गरेको छ । आश्विन १३ गतेका दिन काठमाडौँ नागार्जुन डाँडाको जामाचोसम्मको पदयात्रा, विभिन्न स्रष्टाहरूको सहभागितामा सम्पन्न भएको हो ।
‘साहित्य तथा सिर्जनालाई अझ प्रस्फुटित गर्न तथा त्यसमा ऊर्जा थप्न विभिन्न रचनात्मक गतिविधिहरूको आवश्यकता पर्ने हुँदा साहित्यिक पदयात्रालाई निरन्तरता दिइएको’ अन्पाका महासचिव भीष्म जोशीले बताउनु भयो –‘यस प्रकारको गतिविधिलाई अझ व्यवस्थित तथा आकर्षक बनाउँदै नियमित गरिनेछ ।’
ककनी जाने बाटोमा रहेको फूलबारी गेटबाट ४ किमी उकालो पदयात्रा सुरु गरेर जामाचोसम्म पुगिएको अन्पाले ज्ञानघरलाई जानकारी गराएको छ । कार्यक्रममा स्रष्टाहरूले पदयात्राका साथै विभिन्न कविता, गीत, यात्रा अनुभूति, नृत्य लगायतको प्रस्तुति दिएका थिए । पदयात्रामा अन्पाका अध्यक्ष समीर सिंह, महासचिव भीष्म जोशी लगायत घनश्याम न्यौपाने, हेमराज आश्रम, नेत्र राना, इन्द्र मल्ल, मेष्मा पुन, कविता चौधरी, इसु भट्ट, निलम सिंजाली, हरि सर्तुङ्गी, एलिसा सिंजाली, बेली सिंजाली, सुप्रभात कार्की, सङ्घर्ष न्यौपाने, सान्वी जोशी लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search