पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्याली निकालिएको छ। सनिवार पत्रकार महासंघ कञ्चनपुरले घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गर्दै पत्रकार हत्या र सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा महेन्द्रनगर बजारमा र्याली निकालिएको हो।
काठमाडौँको राजावादी समुहले गरेको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकलाई घरमा थुनेर बाहिर प्रमुख गेटमा आगो लगाएर जलाएर हत्या गरिएको थियो। साथै सञ्चार माध्यमहरुका अफिस कान्तिपुर, अन्नपूर्ण लगायत मिडिया हाउसमा तोडफोड र भाटभटेनी लगायत घर घरमा चोरी समेत गरिएको थियो। राखेको छ।
पत्रकार महासंघ कञ्चनपुरको कार्यालयबाट सुरु भएको र्याली महेन्द्रनगर बजार परिक्रमा गर्दै मदनचोकमा गएर कोणसभामा गरिएको थियो। उक्त सभालाई पत्रकारहरुले सम्बोधन गर्दै स्वतन्त्र पत्रकारिता गरिरहेका पत्रकारहरु माथी यसरि थुनेर जोकोहिले घटना घाताए त्यस्लाई कानुनी रुपमा सजाय दिनु पर्ने र आगामी दिनमा पत्रकारहरु माथी यस्तो घटना दोहोर्याए पत्रकार चुप लागेर न बस्ने भन्दै आक्रोश व्यक्त गरेका थिए। अहिले देश भर राजावादीहरुले गरेको शुक्रबारका मुख्य ब्यक्तिहरुलाई सरकारले पक्राउ गरिरहेको छ।