Naya Update

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

Advertisement

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्थित केन्द्रीय क्याम्पसमा उम्मेदवारी दर्ताको कार्यतालिका पुर्व सन्ध्यामा दुई विद्यार्थी संगठनद्वारा वास्तविक विद्यार्थीलाई मतदानबाट बञ्चित गराउन खोजिएको भन्दै तालाबन्दी गरिएपछि निर्वाचन अन्योलमा परेको हो।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु र नेकपा विप्लव निकट अखिल समाजवादीले संयुक्त रुपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका हुन। दुबै संगठनद्वारा संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन भाँडनकै लागि क्याम्पस प्रशासनले बदनियत रुपमा विद्यार्थीको नाम छुटाएको आरोप लगाउदै छात्रबृति पाएका विद्यार्थीको नाम समेत मतदाता नामावलीमा समाबेश नहुँदा निर्वाचन स्वच्छ निष्पक्ष हुन नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई मतदान प्रकृयामा समाबेशको सुनिश्चितता नहुँदासम्म तालाबन्दी यथावत रहने जनाएका छन।

अनेरास्ववियू संयोजक प्रज्वल कुँवरले वास्तविक विद्यार्थीलाई मतदान प्रकृयाबाटै छुटाउने कार्यको बिरोध स्वरुप तालाबन्दी गरिएको बताउनु भयो। यता सुदूरपश्चिम विश्वविद्यालय निर्वाचन संयोजक कर्णदेव भट्ट भने विश्वविद्यालयका सबै संकायबाट प्राप्त नामावलीका आधारमा समितिले अन्तिम मतदाता नामावली प्रकासन गरेको बताउनु भयो। उनका अनुसार ३ हजार ४सय ६१ जना मतदाता नामावली टुङगो लागेको छ। सोमबार मनोनयन दर्ताका लागि आइतबार संगठन दर्ता गरेका विद्यार्थीलाई मनोनयन पत्र दर्ताकै प्रकृयाकै दिन तालाबन्दी गरेपछि निर्वाचन प्रकृया रोकिएको छ। स्ववियुका लागि ३स्वतन्त्र सहित १० विद्यार्थी संघ संगठन चुनावी मैदानमा उत्रिएका छन।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा

पवन औजी/कंचनपुर: आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज देखि शुरू हु...
कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

पवन औजी/कंचनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ। लागू औषध नियन्त...
सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

सुदूरपश्चिम विश्वविद्यालको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्यौलमा

पवन औजी/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने भनिएको स्ववियु निर्वाचन यतिबेला अन्योलमा परेको छ। महेन्द्रनगर स्...
पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पत्रकार सुरेश रजकको मृत्युप्रति महेन्द्रनगरमा बिरोध र्‍याली

पवन औजी/कंचनपुर: देशभर पत्रकार सुरेश रजकको हत्याको विरोध भइरहदा कञ्चनपुरको महेन्द्रनगरमा पनि विरोध र्‍याली निकालिएको छ। सनिवार पत्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search