Naya Update

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्कासन गर्ने

Advertisement

काठमाडौँ, १७ असोज । मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो ।

यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ जारी गर्न लागेको हो । बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।

यसमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ रहेको छ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रूपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८० जेठ १७ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ १६ गतेसम्म बहाल रहनेछ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search