विराटनगर, १७ असोज । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रवार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गरेका छन् ।
कार्य व्यवस्था परामर्श समितिको बैठकमा उनले १९ असोज शुक्रवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे छलफल भएको छ ।
२२ भदौमा प्रदेशसभाको ठुलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।