Naya Update

चन्द्रमा र मङ्गल ग्रहसहित १२ वटा उल्का पिण्डका टुक्रा जोडेर बनाइयो घडी

Advertisement

जेनेभा, १३ असोज । आकाशबाट उल्का पिण्ड झर्नु सामान्य कुरा हो । तपाईँले पनि यस्ता धेरै घटना देख्नु भएको होला । तर के तपाईँलाई थाहा छ आकाशबाट खस्ने यी उल्का पिण्डलाई घडी बनाउन पनि प्रयोग गर्न सकिन्छ भनेर । आउनुहोस् हामी तपाईँलाई यो विशेष घडीको बारेमा बताउँछौँ र यसको मूल्य कति छ भनेर पनि बताउँछौँ।

लेस एटेलियर्स लुइस मोइनेट एक स्विस कम्पनी हो। यो विशेष घडी बनाउनको लागि विश्व परिचित छ। अहिले यो कम्पनीले केही यस्ता घडी बनाएको छ, जसको चर्चा विश्वभर छ । वास्तवमा यी घडीहरू बनाउन उल्का पिण्डका टुक्राहरू प्रयोग गरिएको छ।

यो घडी बनाउन १२ विभिन्न प्रकारका उल्का पिण्डका टुक्रा प्रयोग गरिएको छ । यी उल्का पिण्डहरू चन्द्रमा, मङ्गल ग्रह, उल्का पिण्ड र क्षुद्र ग्रहबाट पृथ्वीमा आएको र ल्याइएको टुक्राहरू राखेर बनाइएको विज्ञहरूले बताएका छन् । यो घडीलाई कॉस्मोपोलिस नाम दिइएको छ।

सबै कर बाहेक यो घडीको मूल्य करिब ३.२ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जबकि, यसको मूल्य करसहित हुँदा त्यो भन्दा उच्च हुन आउँछ। यो घडी बनाउनका लागि उल्का पिण्डसँगै १८ क्यारेटको गुलाब सुन प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो घडी गिनिस बुक अफ वर्ल्डमा समेत समावेश गरिए पछि थप चर्चामा आएको हो ।

उल्का पिण्डबाट केही बनाइएको यो पहिलो पटक भने होइन । यसअघि उल्का पिण्डबाट पनि अनौठो पर्स बनाइएको थियो । यो पर्स कोपर्नी नामको फ्रान्सेली ब्रान्ड कम्पनीले बनाएको हो । यो पर्सको मूल्य ३५ लाखभन्दा बढी छ । दुई किलो तौल भएको यो पर्स सुन्दा जति विशेष छ, हेर्दा पनि उत्तिकै विशेष छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search