काठमाडौँ, १९ असोज । यसअघि स्थगित भएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा आज शुक्रवार असोज १९ गते बस्दै छ ।
सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०ः६५ अनुपात (६५%) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव पेस हुनेछ ।
हकप्रद निष्कासन पश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा गरेको छ ।
सभा, सेलिब्रेसन हाइट, सुकेधारा काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, भदौ १७ गतेसम्म कायम रहेका सेयर धनी मात्र सभामा भाग लिन सक्नेछन् ।