Naya Update

इजरायलमा ३२ नेपालीलाई सुरक्षित स्थानमा लगियो, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Advertisement

काठमाडौँ, २२ असोज । इजरायलको जोखिम क्षेत्रस्थित बङ्करमा रहेका नेपालीहरूको उद्धार गरिएको छ। इजरायली सेनाले ३२ नेपालीलाई सुरक्षित स्थानमा लगेको हो।

प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिवार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ। त्यहाँ रहेका अन्य नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा  हमासले गरेको आक्रमणमा परी मुलुकका होनहार युवाको निधन भएको घटनाले आफू मर्माहत भएको बताएका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्रीले इजरायल सरकारसँग समन्वय गरी निधन भएका नेपाली नागरिकको शव नेपाल ल्याउने पहल थालिसकेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री दाहालले दुःखद घडीमा धैर्यपूर्वक अघि बढ्न सम्पूर्ण दिदीबहिनी, दाजुभाइमा अपिल गरेका छन्।



प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search