Naya Update

सेयर बजारमा कहिले फर्किएला चमक ?

Advertisement

काठमाडौँ, २२ असोज  ।    सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सूचक घट्दा कारोबार रकम पनि सुस्त नै छ । यस दिन नेप्से सूचक १२.५८ विन्दुले घटेर १९०८.६६ अङ्कमा आएको छ । सूचीकृत २ समूह मात्र बढेका छन् । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

महँगो ब्याजदर, अपेक्षा अनुसार नीतिगत सुधार नहुनु अनि लगानीकर्तामा सकारात्मकभन्दा पनि नकारात्मक मनोभावना बढी हुनु नै सेयर बजार तल झर्नुको प्रमुख कारण मानिएका छन् ।

यस्तै, घटेको बजार सुधारका लागि नियामक निकायहरूले तत्परता नदेखाउनु, लगानीकर्ता शिक्षा र साक्षरताको कमी हुनु, ग्रामीण क्षेत्रसम्म बजारको पहुँच विस्तार नगरिनु पनि बजार सुधार हुन नसक्नुका थप कारण हुन् ।

यस दिन २८७ कम्पनीको ४३ लाख २७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ५१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैङ्क अगाडि छ । यसै गरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र हिमालयन लघुवित्त परेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search