Naya Update

अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प

Advertisement

काबुल, २४ असोज । अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।

सो भूकम्पले ठुलो क्षति पु¥याएको हुन सक्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधवार अर्थात् ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तर पश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ ।

आज महसुस गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको विस्तृत विवरण भने अझै आइसकेको छैन ।

अफगानिस्तानमा गत साता अर्थात् ७ अक्टोबर शनिवारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिई सकेको छ । सैन्य हस्तान्तरण मार्फत अफगानिस्तानमा शासन गर्ने सरकारले भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पुष्टि गरेको छ।

तालिबानले त्यहाँ आएको यो भूकम्प दुई दशकयताकै सबैभन्दा ठुलो भूकम्प भएको बताएको छ । सो भूकम्पमा भएको क्षतिको विवरण सङ्कलन तथा उद्धारको कार्य जारी रहेको बेला पुनः अर्को भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search