Naya Update

‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन’

Advertisement

 

मुम्बई, २४ असोज । गत हप्ता प्यालेस्टिनी  हमासले गरेको अचानक आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध इजरायलको आक्रमण तीव्र भएको छ। युद्धको चौथो दिनसम्ममा तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

 

सो युद्धका कारण दुई देशीय सीमामा बसोबास गर्ने दुवै देशका जनता सो आक्रमणबाट आफ्ना प्रियजन गुमाए पछि शोकमा छन्। हमासको निरन्तर आक्रमण र गाजाको ‘पूर्ण नियन्त्रण’ लिनको लागि इजरायलको बलियो अभियानको बिचमा निर्दोष मानिसहरू विरुद्ध बर्बरताका कथाहरू देखा परिरहेका छन्।

 

यसै सन्दर्भमा, भारतीय टिभी अभिनेत्री मधुरा नाइकले आफ्ना काका र उनका छोराछोरीको ‘क्रूरतापूर्वक हत्या’ भएको बताएकी छन्। इन्स्टाग्राममा सेयर गरेको भिडियो सन्देशमा भारतीय मूलकी यहुदी नागिन अभिनेत्रीले भनिन्, ‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन । आजसम्म इजरायल पीडामा छ र सडकमा छ, क्रोधसहित हमासको आगोमा जलिरहेको छ।’ नायिकाले अगाडी भनिन्, ‘महिला, बालबालिका, वृद्ध, कमजोर सबैलाई निशाना बनाइएको छ ।’

 

उनले आफ्नी बहिनी र आफ्नो परिवारको तस्बिर पोस्ट गरेकी थिइन, त्यसपछि सामाजिक सञ्जालमा उनी ट्रोल भएकी थिइन । उनले भनिन, ‘यसले पनि प्यालेस्टाइन समर्थक एजेन्डा कति गहिरो छ भन्ने देखाउँछ। म यहुदी हुँ भनेर मलाई अपमानित गरिएको छ।’

 

ओडाया र उनको परिवारको घटनाले जारी सबैभन्दा रक्तपातपूर्ण इजरायल–हमास युद्धहरूको क्रूरता देखाउँछ। धेरै बालबालिका अहिले अनाथ भएका छन् र लगातार रकेट आक्रमण र प्रतिशोधात्मक हवाई आक्रमणमा धेरैको मृत्यु भएको छ। यस युद्धका दुवै पक्षका मृत्यु, डर र विनाशको अन्धकारले ढाकेका छन्।

 

यहुदी कानुन बमोजिम शव निकाल्ने परोपकारी संस्था जाकाका स्वयंसेवक मोती बुक्जिनले भने कि हमासका बन्दुकधारीहरूले बिरी किबुत्जमा मात्रै १०० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search