काठमाडौँ, २५ असोज । इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् ।
प्यालेस्टाइनी अतिवादी समूह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन ।
इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गए राति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली विद्यार्थीसहित युद्धमा घाइतेहरूलाई नेपाल ल्याउँदै छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरूलाई लिन गएको विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।