Naya Update

३५ वर्ष देखी शव उठाउँदै आएका योसीले इजरायल युद्धमा जे देखे….

Advertisement

सेडरोट, २६ असोज । योसी लान्डाउले इजरायलमा लासहरू सङ्कलन गर्न दसकौँ बिताएका छन् ।

तर गाजामा प्यालेस्टाइनी  समूहले देशमा सबैभन्दा घातक आक्रमणमा मारिएका मानिसहरूको शव सङ्कलन गर्दा उनी आफ्नो ‘ब्रेकिंग प्वाइन्ट’मा पुगेका छन्। पहिला झैँ लान्डौ शनिवार साइरनको आवाजसँगै ब्युँझिए, यस्तो पलको उनलाई बानी नै परिसकेको छ ।

उनले पछि थाहा पाए कि यो साइरन पहिला झैँ थिएन, यो निकै फरक र डरलाग्दो थियो, जुन उनले आफ्नो जीवनकालमा कहिल्यै देखेका थिएनन्, । उनी भन्छन्, ‘केवल प्रतिक्रिया मात्र थिएनन्, यो त सहरको मुख्य भागमा हमासले गरेको आक्रमण’ थियो । जसले गाजा सीमा पार गरेर अनुमानित १२ सय व्यक्तिको हत्या गरेका थिए ।

गाजाको उत्तरमा रहेको तटीय सहर अशदोडमा रहेको आफ्नो घरबाट उनले घटनास्थलमा पुग्दा आफूले देखेको ‘डरलाग्दो अवस्था’ सम्झे।

‘मैले कारहरू पल्टिएको देखेँ, सडकमा मानिसहरू मरेको देखेँ,’ लान्डौले भने। उनका अनुसार दुई देशको सीमा नजिकैको एउटा सहर, जहाँ धेरै बासिन्दा मारिएको पनि उनले देखे ।

उनी अप्राकृतिक मृत्यु भएका व्यक्तिको शव निकाल्ने संस्था जाकाका लागि ३३ वर्षदेखि काम गर्दै आएका छन्। तर, जब प्यालेस्टिनी लडाकु र इजरायली सेनाहरू बिच गोली चल्यो, ल्यान्डोले आफूले पहिले कहिल्यै नदेखेको हिंसा देखेको बताए।

उनले जीवनमा यस्तो भयावह दृश्य कहिल्यै नदेखेको बताए । ‘१५ मिनेट लाग्ने सडक पार गर्न हामीलाई ११ घण्टा लाग्यो किनभने हामीले गएर सबै शव उठायौँ, झोलामा राख्यौँ,’ उनले भने । दर्जनौँ शवलाई फ्रिज राखिएको ट्रकमा लोड गरेर लान्डौ र सह स्वयंसेवकहरू बिरीसम्म लगेको थिए ।

घरभित्र पसेपछि पहिलो पटक मृत महिलालाई देखेपछि उनले सम्झिए ।  ‘म मात्र होइन, मेरो सम्पूर्ण दल नै खसेको महसुस भयो । उनको पेट च्यातिएको थियो, त्यहाँ एउटा बच्चा थियो, अझै पनि नाभीसँग जोडिएको थियो, जसलाई छुरा प्रहार गरिएको थियो,’ ल्यान्डोले भने।

जानका स्वयंसेवकले भने कि उनले लगभग २०  बालबालिकासहित धेरै नागरिकहरू देखेका थिए, जसका हातहरू गोली हान्नु अघि पीठ पछाडि बाँधिएको थियो। उनका अनुसार सबैलाई बाँधेर पछि गोली हानेर मारिएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search