Naya Update

युएनले भन्यो, ‘४.२३ लाख प्यालेस्टाइनी घरबारविहीन भए, २४ करोड डलर सहयोग चाहियो’

Advertisement

 

न्युयोर्क, २६ असोज । संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले आपत्कालीन अपिल जारी गरेको छ।

संयुक्त राष्ट्र सङ्घको यस कार्यालयले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न विश्वभरका देशहरूबाट २४ सय करोड अमेरिकन डलर सहयोग माग गरेको हो । उसका अनुसार यो रकम १२ लाख मानिसलाई सहयोग गर्न प्रयोग गरिने छ ।

राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले इजरायल र हमासबीच जारी युद्धका कारण  भएको बताएका छन् । दुजारिकले गाजामा संयुक्त राष्ट्रसङ्घ अन्तर्गत सञ्चालित ९२ विद्यालयमा करिब २.१८ लाख मानिसले आश्रय लिएको बताएका छन् ।

उता, संयुक्त राष्ट्र सङ्घले इजरायललाई गाजाको उत्तरी क्षेत्र खाली गर्ने आफ्नो आदेश रद्द गर्न अनुरोध गरेको छ।

सो अनुरोधमा भनिएको छ, ‘संयुक्त राष्ट्रले यस्तो आदेश खारेज गर्न अनुरोध गर्दछ ताकि यहाँको अवस्थालाई अझ बिग्रनबाट रोक्न सकिन्छ।’

संयुक्त राष्ट्र सङ्घले इजरायललाई गाजा पट्टीको उत्तरी भागबाट २४ घण्टाभित्र आफ्ना कर्मचारी फिर्ता गर्न आग्रह गरेको छ । साथै उसले गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई पनि आगामी २४ घण्टाभित्र दक्षिणी भागमा जान भनिएको छ । यस्तो देखिन्छ कि इजरायलले यहाँ हवाई आक्रमण गर्न गइरहेको छ।

यसैबिच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको चेतावनी दिएको छ। डब्लुएचओले यो अवस्था तोड्ने क्रममा रहेको भन्दै गाजामा मानवीय प्रकोपको चेतावनी दिइएको छ। इजरायलको हवाई आक्रमणका कारण गाजाका अस्पतालहरू पनि क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search