Naya Update

कोसी सरकार निर्माणमा राप्रपा तटस्थ बस्ने

Advertisement

काठमाडौँ, २६ असोज । कोसी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ ।

शुक्रवार बिहान बसेको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा कोसी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेतलगायतका विषयमा निर्णय लिन उक्त बैठक बसेको थियो ।

सो बैठक पछि कोसी सरकार निर्माणका बारेमा सो बैठकले आधिकारिक धारणा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताए । ‘आवश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले चाहिँ भने कोसी सरकारका बारेमा तटस्थ बस्ने निर्णय भएको छ,’ बैठक पछि उनले भने ।

कोसी सरकारको भावी नेतृत्वका लागि नेकपा एमालेका समर्थनमा नेपाली काँग्रेसका शेखर कोइराला पक्षधर केदार कार्की र सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो दाबी प्रस्तुत गरेका छन् ।

माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली काँग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने काँग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित काँग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आज प्रदेश प्रमुख परशुराम खापुङले ती दुई मध्ये एक जनालाई नियुक्त गर्दै छन् । जुन नियुक्ति बारेमा राप्रपाले पनि आफ्नो धारणा बनाउन बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search