तेल अहिब, २६ असोज । चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ ।
टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । यसलाई आतङ्कवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो । हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ ।