Naya Update

६५ प्रतिशत अमेरिकीहरू इजरायल युद्धको विपक्षमा

Advertisement

 

न्यु योर्क, २९ असोज । हाल इजरायल र हमासबीच भीषण युद्ध चलिरहेको छ ।

जसका कारण विश्वका ठुला देशहरूले आ–आफ्नो तरिकाले युद्धको प्रतिक्रिया दिइरहेका छन् । धेरै देशले प्यालेस्टाइनलाई समर्थन गरिरहेका छन् भने धेरै देश इजरायललाई पनि समर्थनमा गरेका छन् । यो युद्धको अवस्थामा विश्वको महाशक्ति भनिने अमेरिकाले इजरायललाई सहयोग गरिरहेको छ ।

यसैबिच अमेरिकाले इजरायललाई दिएको समर्थनबारे सर्वेक्षण गरिएको थियो, जसको नतिजा मिश्रित आएको छ ।

पीबीएस न्युज आवर तथा मैरिस्ट पोलद्वारा गरिएको सर्वेक्षणले २३ प्रतिशत अमेरिकीहरूले हमाससँगको युद्धमा संयुक्त राज्य अमेरिकाले इजरायललाई सार्वजनिक रूपमा समर्थन गर्नुपर्छ भन्ने विश्वास गर्छन् जबकि ६५ प्रतिशत अमेरिकीहरूले संयुक्त राज्य अमेरिकाले केही गर्नु हुँदैन भन्ने विश्वास गर्छन्।

तर, ८ प्रतिशतले मात्र अमेरिकाले इजरायलको सार्वजनिक रूपमा आलोचना गर्नुपर्छ भन्ने विश्वास गर्छन्।

इजरायलका बारेमा गरिएको सर्वेक्षणमा ६९ प्रतिशत डेमोक्र्याटले इजरायललाई समर्थन गरेका छन् भने ७७ प्रतिशत रिपब्लिकन र ५४ प्रतिशत स्वतन्त्रले समर्थन गरेका छन् । यस बाहेक आजका युवा वर्गलाई पनि सर्वेक्षणमा समावेश गरिएको थियो, जसमा ४८ प्रतिशतले अमेरिकाले इजरायललाई समर्थन गर्नुपर्छ भन्ने धारणा राखेका थिए ।

५१ प्रतिशत गैर–गोरा अमेरिकीहरूले इजरायलको समर्थनमा अमेरिकाले सार्वजनिक अडान लिनुपर्छ भनेका छन् जबकि ७२ प्रतिशत गोराहरूले त्यसो गर्नुपर्छ भन्ने सोचेका छन् । यस सर्वेक्षणमा कुल १,३१३ वयस्कहरूलाई समावेश गरिएको थियो, जसको आधारमा इजरायललाई समर्थन गर्ने तथ्याङ्क सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search