Naya Update

आज वाट एनआरएन महाधिवेशन, डा. बद्री केसी र महेश श्रेष्ठबिच मुख्य प्रतिस्पर्धा

Advertisement

काठमाडौँ, ३० असोज । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदै छ।

होटेल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेशनको उद्घाटन हुदैँछ । प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ ।

यस महाधिवेशनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६-६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरू बद्री केसी र रविना थापा यस पटक पनि प्रत्याशी छन्।

अध्यक्षका प्रत्याशी बद्री केसी र महेश श्रेष्ठ बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दाबी गरेका छन् ।

एनआरएनएको यस महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ  ।

एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।  एनआरएनएमा ९६ हजार सङ्गठित सदस्य रहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search