Naya Update

पाठशाला कि मातशाला

Advertisement



* नारायण ढकाल


पाठशालालाई
मनमौजी भट्टी बनाएर
युरिया मलको लोकल ठर्रा
घुटुक्क निल्दै र कुण्ठा बान्ता गर्दै
वेश्या चरित्रलाई पनि उछिनेर
दलालहरूसँग बोलकबोलमा व्यस्त
सुस्त सुस्त कपडा फुकाल्न कस्सिएका
सत्तान्धहरूका उत्तेजनात्मक चर्तिकलाका
निर्लज्ज दृश्यहरूले
लाज पस्कँदै छन्।

स्खलित चरित्र र विकृत मनस्थितिको
बिस्कुन सुकाएर
सार्वजनिक ठाउँमा
मानवीय सौन्दर्यलाई कुरूप बनाउँदै
मर्यादा,नैतिकता र जनविश्वासलाई गिज्याएर
मदोन्मत्त जुवाडेहरू शकुनि पासा फाल्दै
चोर जुवा खेलेर पाठशालामा
सर्वसाधारणका घरहरूमा
आतङ्क मच्चाउँदै
चीरहरणको बीभत्स खेलो खेल्दै छन्।

अभिशप्त बाटा घाटाहरूमा
मालिकलाई पगरी गुथाउने दौडमा
बग्गीमा नारिएका घोडाहरू हिनहिनाउँदै
विनाशकारी भेडे यात्राको पदचापभित्र
मालिकको इलेक्ट्रिक सकले चेतना गुमाएका
विवेकहीन प्रतिनिधि,अनुचर, सुसारे,दासहरू
लामबद्ध भएर फोहोरको डुङ्गुर छोप्दै
अनेक शब्द जालमा स्तुति गान गर्दै छन्
र, प्रकम्पनले
आस्था र विश्वासको धरहरा ढलेको छ
पाठशाला, मातशाला बनेको छ!

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search