Naya Update

इरानी विदेशी मन्त्रीले भने, ‘दुष्ट इजरायल विरुद्ध एक हुने बेला भयो’

Advertisement

तेहरान, १ कार्तिक । गाजास्थित अस्पतालमा भएको आक्रमणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुद्ध भएको छ ।

अस्पतालमा आक्रमण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ विरुद्ध विश्वलाई एक हुन आव्हानसमेत गरेको छ ।

गाजा सहरको अल–अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेश मन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विस्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहार पछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासन विरुद्ध विश्वव्यापी एकताको समय आएको छ।’

अल अहली अस्पतालमा भएको हमला युद्ध अपराध हो: ह्युमन राइट्स


गाजास्थित अल अहली अस्पतालमा इजरायलले गरेको आक्रमणको  विश्वभरिका मानवअधिकारवादी संस्थाहरूले निन्दा र भर्त्सना गरेका छन् ।

सोही क्रममा ह्युमन राइट्स वाचले अल अहली अस्पतालमा भएको आक्रमणलाई ‘शब्दहरू भन्दा बाहिरको भयानक’ भएको प्रतिक्रिया दिएको छ । र, उसले गाजामा थप ‘ठुलो मात्रामा अत्याचार’ रोक्न विश्व नेताहरूलाई आह्वानसमेत गरेको छ।

‘अस्पतालहरूमा विशेष सुरक्षा हुन्छ। जानाजानी वा लापरबाहीपूर्वक गरिएका गैर कानुनी आक्रमणहरू युद्ध अपराध हुन्,’ अधिकार समूहले सामाजिक सञ्जालमा लेख्यो।


प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search