काठमाडौँ । जाजरकोट। रामीडाँडा केन्द्रबिन्दु भएर राती ११.४८मा आएको भूकम्पबाट जनधनको ठुलो क्षति भएको जानकारी प्राप्त हुन आएको छ । ६.४ रेक्टरको भूकम्पबाट अहिलेसम्म नलगाड नगरपालिकाको उपमेयर सुनिता सिंह लगायत १३१ जनाको मृत्यु भएको सूचना प्राप्त भएको छ । प्रत्यक्षदर्शीका अनुसार भूकम्प प्रभावित स्थलमा सग्ला घर देख्ने अवस्था नै छैन । सदरमुकाम खलङ्गामा उपमेयर सिंह बसेको घर भत्किँदा उनको निधन भएको हो ।
भूकम्प पीडितहरूको राहत तथा उद्धारको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमेत घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।