Naya Update

पुतली बाजेलाई सम्झँदै बाबुरामले भने, ‘कक्षा छाडेर पनि पुतली समाउन जानु हुन्थ्यो’

Advertisement

काठमाडौँ, १८ कार्तिक । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘पुतली बाजे’को निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपालका पुतलीहरूको बारेमा लामो अनुसन्धान गरेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथको निधनमा गहिरो दुःख व्यक्त गरेको हुन ।

‘पुतली बाजे’ले चर्चित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथको आज बिहान पोखरामा निधन भएको थियो ।

उनले यसरी सम्झिए:

मेरा आदरणीय गुरु तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथ, जसलाई स्नेह भावका साथ ‘पुतली बाजे’ भनिन्थ्यो,  को आज  कार्तिक १८का दिन  पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु।

केही वर्ष पहिले पोखरामा वहॉसंग भेट हुँदा  मैले सोधेको थिएँ- ‘तपाईँलाई के इच्छा छ, सर,मैले के गर्न सक्छु ?’

वहाँले शान्त भावमा भन्नुभएको थियो- ‘ म नेपालमै मर्न चाहन्छु। तर नेपाली नागरिक भएर मर्न चाहन्छु।’

५० बर्षभन्दा बढी नेपालमै बसेर त्यत्रो अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक खोज अनुसन्धान गर्ने व्यक्तित्वलाई पनि नागरिकता दिन हिचकिचाउने  हाम्रो सोच र विधि विधानप्रति मलाई निकै लज्जावोध भयो। मैले समेत उच्च तहमा रोई कराइ गरेर वहाँले मानार्थ नेपाली नागरिकता पाउनुभएको थियो।

मलाई बाल्यकालको सम्झना छ। हामी गोरखाको अमर ज्योति हाइस्कूलमा शायद पाँच कक्षामा पड्थ्यौँ। वहाँ हामीलाई विज्ञान पढाउनुहुन्थ्यो। समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जङ्गल चाहर्नुहुन्थ्यो। कहिलेकाहीँ त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि “ ऊ।।ऊ। पत्ताली “ भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो। हामी केटाकेटी मज्जाले हॉस्थ्यौं ।’

वहॉप्रति हार्दिक श्रद्धा सुमन !

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search