Naya Update

जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा विमानस्थल बन्द, २७ फ्लाइट रद्द

Advertisement

जर्मन, १९ कार्तिक । जर्मनीको ह्याम्बर्ग एयरपोर्टमा एक कार सवारी चालकले हावामा गोली चलाएर सो क्षेत्रमा सनसनी मच्चाएको छ ।

शनिवार राती ८ बजे एक कार सवारले ब्यारियर तोडेर विमानस्थलको मैदानमा प्रवेश गरी दुई पटक हावामा गोली चलाए पछि विमानस्थलमा खैलाबैला मच्चिन पुगेको हो ।

उक्त कार सवारको कार्यका कारण ह्याम्बर्ग एयरपोर्टमा हलचल मच्चिएको थियो । यसपछि लगत्तै विमानस्थल बन्द गरियो । प्रहरीले भने कोही पनि घाइते नभएको तर विमानस्थलले तत्कालका लागि उडान र अवतरणका लागि बन्द गरेको घोषणा गर्नुसमेत परेको थियो ।  गोली हानेपछि व्यक्तिले कारबाट दुई वटा जलिरहेको बोतल फ्याँकेको प्रहरीले जानकारी दिएको छ ।

जर्मन प्रहरी प्रवक्ताले आक्रमणकारीको कारमा एक बालक पनि रहेको बताए । प्रहरीले सोसल मिडिया प्लेटफर्म एक्समा छुट्टै भन्यो कि उनीहरूले ठुलो अपरेसन गरिरहेका छन् । यस अवधिमा विमानस्थल बन्द भए पछि करिब २७ उडानहरू केही समयका लागि रद्द गर्नु पर्दा पुरै प्रभावित भएका छन् ।

जर्मन समाचार एजेन्सी डीपीएका अनुसार उत्तरी जर्मन सहर ह्याम्बर्गको एयरपोर्ट यात्रुहरूका लागि बन्द गरिएको थियो र शनिवार राति उडानहरू रद्द गरिएको थियो। जर्मन सङ्घीय प्रहरी प्रवक्ता थोमस गेर्बर्टले डीपीएलाई भने कि घटनास्थलमा आक्रमणकारीको गाडी वरपर ठुलो सङ्ख्यामा राज्य र सङ्घीय प्रहरी अधिकारीहरू उपस्थित थिए।

जर्मन सङ्घीय प्रहरीका प्रवक्ता थोमस गेर्बर्टले ३५ वर्षीय आक्रमणकारीकी श्रीमतीले उनको श्रीमानले आफ्नो ४ वर्षको बच्चालाई अपहरण गरेको जानकारी दिएकी थिइन् । त्यसपछि प्रहरी कारबाहीमा परे पछि विमानस्थलभित्र आक्रमण गर्ने व्यक्ति उनी नै भएको खुलासा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search