Naya Update

आइसिसी टी-२०ः नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुँदै, टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई

Advertisement

काठमाडौँ, १९ कार्तिक । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ ।

छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् ।

नेपालले  संयुक्त अरब ईमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।
यसैबिच, नेपाल क्रिकेट सङ्घले आज हुने फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने भएको छ ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राती गएको भूकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ ।

‘आइसिसी टी २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गत आइतबार हुने नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौँ’ क्यानले भनेको छ ।

क्यानले मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search