Naya Update

जाजरकोटमा निरन्तर परकम्प, चिसोका कारण प्रभावित थप समस्यामा

Advertisement

कात्तिक २०, काठमाडौँ । शुक्रबारको भूकम्पले ठूलो रुपमा जनधनको क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिममा परकम्प जाने क्रम रोकिएको छैन ।

सोमबार अपरान्ह ४ः३१ मा पनि जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।

जसका कारण जाजरकोटमा यसअघिको भूकम्पले हल्लाएका घर तथा संरचनाहरु भत्किएका छन् । सोमबारको परकम्पमा केही घाइते समेत भएका छन् । सोमबारै ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको अर्को परकम्प गएको छ ।

यसरी बारम्बार भूकम्पका झट्का महसुस भइरहदा भूकम्प प्रभावित नागरिक थप त्रसित बनेका छन् । यसैपनि घरबार बिहिन भएर बाहिर बसिरहेका भूकम्प प्रभावितहरु बारम्बारको परकम्पका कारण थप चिन्तित बनेका छन् ।

शुक्रबारको भूकम्पका कारण जाजरकोटमा १०१ र रुकुममा ५२ गरी १ सय ५३ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले पुष्टि गरिसकेको छ ।

भूकम्पले घर भत्काएपछि प्रभावितहरु बारीको पाटो तथा बाटोमा नै खुल्ला आकाशमुनि रात काटिरहेका छन् । चिसो बढ्दै जाँदा दिउँसोमा ठिकै भएपनि रातीको समय बिताउन समस्या भएको भूकम्प प्रभावितहरुको गूनासो रहेको छ ।

चिसोमा भूकम्प प्रभावितको बिचल्ली 

भूकम्पले घर भत्काएपछि प्रभावितहरु बारीको पाटो तथा बाटोमा नै खुल्ला आकाशमुनि रात काटिरहेका छन् । चिसो बढ्दै जाँदा दिउँसोमा ठिकै भएपनि रातीको समय बिताउन समस्या भएको भूकम्प प्रभावितहरुको गूनासो रहेको छ ।

बिशेष गरि सुत्केरी, बालबालिका तथा जेष्ठ नागरिकलाई रात कटाउन समस्या परेको छ । सरकारले उद्धारको काम तिब्र रुपमा गरेको भएपनि राहतका सामग्री बितरणमा ढिलाइ गरेको भन्दै असन्तुष्टि सुरु भएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट राहत सामग्री घोषणा भएको र जाजरकोटका लागि पठाईएको भनेपनि सम्बन्धित पीडितहरुले नपाएको गूनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search