कात्तिक २२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
मंगलबार बसेको सचिवालय बैकठमा अध्यक्ष ओलीले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताए ।
‘मुलुकमा विगतदेखि नै राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन्, एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् ’ अध्यक्ष ओलीले बैठकमा भनेका थिए ।

उनले एमालेभन्दा बाहिर पनि राष्ट्रिय सोच राख्ने शक्तिहरुलाई क्रमशः गोलबद्ध गर्दै अगाडि बढ्नुपर्ने बताए ।
देशको राष्ट्रियताको रक्षा, मुलुकको समृद्धि, राजनीतिक स्थिरता र जनताको जीवनमा परिवर्तन ल्याउन सकिने भएपनि राष्ट्रिय शक्ति कमजोर हुँदा यी सबै कुरा कमजोर भइरहेको भन्दै अध्यक्ष ओलीले एमालेमाथिको प्रहारलाई केबल एमालेमाथिको प्रहारको रुपमा मात्रै बुझ्नु नहुने धारणा राखेका थिए ।