कात्तिक २२, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित कहाँ अझै पनि राहत सामग्री पुग्न सकेको छैन ।
भूकम्पको केन्द्रविन्दु जाजरकोटको रामीडाँडा तथा अन्य ग्रामिण स्थान र रुकुम पश्चिमका पनि ग्रामिण बस्तीमा अझै सम्म पनि राहत सामग्री पुग्न नसकेको हो ।
शुक्रबार भूकम्प गएपछि भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितलाइ भेट्न जाजरकोट पुगेका थिए र राहतको काम दु्रत गतिमा गर्ने प्रतिवद्धता जनाएका थिए ।
सरकारले राहत वितरणको कामलाइ व्यवस्थित बनाउने भन्दै एकद्वार प्रणाली पनि लागू गर्यो । तर तर भूकम्प गएको एक साता हुनै लाग्दा समेत प्रभावितले राहत सामग्री पाएका छैनन् ।
सामान्य टेन्टको समेत उपलब्धता नभएपछि प्रभावितहरु बारीको पाटोको चिसो भुईँमा त्यसै रात काटिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।
सदरमुकाम र सजिलो बस्तीमा बिभिन्न संघ, सस्थाका प्रतिनिधि पुगेर केही राहत सामग्री हस्तान्तरण गरेका छन् । तर दुर्गम बस्तीहरुमा सरकारी गैह्र सरकारी कुनै पनि तहबाट राहत सामग्री नआएको भूकम्प प्रभावितको गूनासो छ ।
प्रधानमन्त्री राहत कोषमा भने करोडौं रकम
भूकम्प प्रभावितको लागि भनेर प्रधानमन्त्री राहत कोषमा भने करोडौं रकम जम्मा भइसकेको छ ।
राजनितिक दल, तिनका भातृसंगठन, बिभिन्न व्यवसायीक संघ,सस्था तथा व्यवसायीहरुले आ – आफनो क्षमता अनुसार रकम दिएका छन् ।
बुधबार मात्रै पर्यटन व्यवसायीको तर्फबाट प्रधानमन्त्री कोषमा ४ करोड बढि रकम जम्मा भएको छ । नेपाली काँग्रेसले ५० लाख, माओवादी केन्द्रले ५० लाख तथा जनता समाजवादी पार्टीले २५ लाख रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेका छन् ।
आइएमई गु्रप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेढ करोड रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरिसकेका छन् । यस्तै, भाटभटेनी सुपरमार्केटले भूकम्प प्रभावितका लागि १ करोड ११ लाख १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
यसरी अन्य व्यवसायी, संघसस्था तथा व्यक्तिगत तवरबाट प्रधानमन्त्री कोषमा रकम जम्मा भएको छ । तर कोषमा जम्मा भएको रकम परिचालन हुनमा ढिलाइ भइरहेको छ ।
यसैगरि चीन तथा भारतबाट पनि राहतका सामग्री आएका छन्, तर वितरणमा ढिलाइ भएको छ ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितलाइ छिटै गास र वासको उचित व्यवस्था गर्ने आश्वास दिएको भएपनि प्रभावितहरुले सामान्य राहत समेत पाएका छैनन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितलाइ छिटै गास र वासको उचित व्यवस्था गर्ने आश्वास दिएको भएपनि प्रभावितहरुले सामान्य राहत समेत पाएका छैनन् ।
सामान्य टेन्टको समेत उपलब्धता नभएपछि प्रभावितहरु बारीको पाटोको चिसो भुईँमा त्यसै रात काटिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।